विश्व मुटु दिवसका अवसरमा नर्भिकले उद्घाटन गर्याे अत्याधुनिक क्याथल्याव 



Download our app to get more features

काठमाडौं, १२ असोज । नर्भिक इन्टरनेशनल अस्पतालले एक कार्यक्रमको आयोजना गरी नव जडित क्याथल्याव सेवाको उद्घाटन गरेको छ । 

विश्व मुटु दिवसका अवसर पारेर कवि÷गीतकार तथा नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले शनिबार सो सेवाको उद्घाटन गरेका हुन् । यो नयाँ क्याथल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथल्यावपछिको तेस्रो पुस्ताको क्याथल्याव हो । उक्त क्याथल्यावबाट मुटुका रक्तनली हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित, छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुने अस्पतालले जनाएको छ । 

नर्भिकले विविध कार्यक्रमका साथ शनिबार यस वर्षको विश्व मुटु दिवस मनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १२ गते आइतबार पर्न गएको छ । विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९  दिवस मनाइन्छ । 

विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहि आएको छ ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर कै मानिसहरु यसको चपेटामा पर्दै आएका छन् । हाल विश्व भरका १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षा मूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रमहरू गरिन्छ ।

यस वर्षको विश्व मुटु दिवसको नारा “स्वस्थ मुटुको नायक बनौं ” रहेको छ । नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब २ सय जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्ट, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल लगायतका वक्ताहरुले मुटुरोगका विविध विषयहरुमा प्रष्ट पारेका थिए । कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै प्रा. डा. यादवदेव भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै “इन्टेन्सिभ केयर स्पेशलिष्ट” को सेवा थप्ने बताए । गत वर्ष नर्भिकमा जटिल मुटुरोगको उपचार गराउने करिब २०० जना बिरामीहरूमध्येका डा. प्रेम राज वैद्यले नर्भिकमा आफूले उपचार गराउँदाका अनुभव पनि सुनाए । 

नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लाष्टी, प्राइमरी एन्जियोप्लाष्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लाष्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (वाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका करिब २०० जना बिरामीहरु मध्ये १० जना जेष्ठ नागरिकहरूलाई सो अवसरमा सम्मान गरिएको थियो । हस्पिटलका विभिन्न विभागहरुमा रही वर्षभर उत्कृष्ट कार्य गर्दै मुटुरोग उपचारमा विशेष योगदान पु¥याउने कर्मचारीहरुलाई समेत कार्यक्रममा प्रबन्ध निर्देशक तथा समारोवी सभापति मेघा चौधरीद्वारा सम्मान गरिएको थियो । 

यस वर्षको विश्व मुटु दिवसका अवसरमा पनि नर्भिकले “विशेष मुटु जाँच योजना” नामक एक विशेष मुटुजाँच कार्यक्रमको तय गरेको थियो । उक्त जाँच कार्यक्रम अन्तर्गत विशेषज्ञबाट निशुल्क जाँचका साथ निदानात्मक जाँचहरु र परामर्श सेवा रहेका थिए । 

त्यसैगरी आगामी कात्तिक ९ गते नर्भिकको ८ तल्ले नयाँ भवनको सिलान्यास गरिने र यसलाई २ सय ५६ शैयाको बनाइने अस्पतालले जनाएको छ । 

 
 

Last modified on 2019-09-29 14:42:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts