डाक्टरको लापरबाहीका कारण प्रत्येक वर्ष २६ लाखको मृत्युः डब्लुएचओ



Download our app to get more features

काठमाडौं, १२ असोज । विश्व स्वास्थ्य संगठनले डाक्टरको लापरबाहीका कारण प्रत्येक वर्ष विश्वभर २६ लाख नागरिकको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

डब्लुएचओले सार्वजनिक गरेको तथ्यांक अनुसार डाक्टरका गल्तीका कारण वर्षेनी झन्डै १४ करोड नागरिकलाई नोक्सान हुने गरेको छ ।

डब्लुएचओका रोगी सुरक्षा समन्वयक डा.निलम ढींगरा कुमारले बिरामीलाई भएको समस्याको सहि पहिचान गर्न नसक्नु, औषधि र उपचारमा त्रुटि तथा औषधिको अनुचित सेवन मुख्य कारणले गर्दा बिरामीलाई नोक्सानी हुने गरेको बताइन् ।

डब्लुएचओका अनुसार विश्वमा प्रत्येक १० मा एक जना चिकित्सा सम्बन्धी समस्याको शिकार हुने गरेका छन् ।

यस्ता गल्तीमा त्यस्ता उपचार छन् जसको बारेमा डाक्टर तयार थिएनन्, ब्ल्ड ट्रान्सफ्यूसन वा एक्स रे गर्ने बेलामा गल्ती, गलत अंग काटेर फाल्नु वा बिरामीको रोग भएको भागको उपचार नगरेर अरुनै भागको उपचार गर्नु, गलत शल्यक्रिया जस्ता ठूला गल्ती हुने गरेको पाइयो ।

संगठनका अनुसार विश्वभर केवल गलत औषधिका कारण स्वास्थ्य प्रणालीमा ४२ अर्ब डलको नोक्सान भयो ।  

Last modified on 2019-09-29 12:11:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts