लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा १८ करोडको लगानीमा नयाँ डाइग्नोष्टिक भवन बन्दै



Download our app to get more features

रुपन्देही, १२ असोज । लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा नयाँ डाइग्नोष्टिक भवन बन्ने भएको छ । प्रदेश ५ सरकार समाजीक विकास मन्त्रालयको १८ करोडको लागनीमा उक्त भवन बन्ने भएको छ ।

भवनको आज सामाजीक विकास मन्त्री सुदर्शन बरालले शिलान्याश गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रादेशीक अस्पताल बुटबलले जनाएको छ । 

१ सय ९ वर्ष पुरानो अस्पतालको पुरानो भवन जीर्ण बन्दै गएपछि नयाँ भवन बन्न लागेको हो । नयाँ डइग्नोष्टिक भवन भ्याट बाहेक १८ करोडको रहेपनि टेन्डर प्रक्रियाबाट १७ करोड ७८ लाख ७८ हजारको लगातमा डाँफे निर्माण सेवा प्रालीले   बनाउने भएको छ ।

५ तला सम्म बनाउन सक्ने भवनको अहिले अन्डर ग्राउन्ड १ तला र माथि एक तला गरि २ तले भवन २ वर्षभित्र बन्ने भएको छ । अन्डर ग्राउन्ड भवन बनेपछि पार्किङको समस्या समाधान हुनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts