वरिष्ठ आँखा सर्जन डा. सन्दुक रुइतको जीवनी शनिवार सार्वजनिक गरिँदै



Download our app to get more features

काठमाडौं, १० असोज । विश्व विख्यात वरिष्ठ आँखा सर्जन डा. सन्दुक रुइतको जीवनी “सन्दुक रुइत” शनिवार सार्वजनिक गरिने भएको छ । अस्ट्रेलियन पत्रकार अलि ग्रिपरले लेखेको डा. रुइतको जीवनी लेखक खगेन्द्र संग्रोलाले नेपालीमा अनुवाद गरेका हुन् ।

नेपाली अनुवाद भएको सुनेपछि म्यागसेसे, पद्यभुषण जस्ता प्रतिष्ठित पुरस्कार पाएका डा. रुइतले भनका छन्, “अंग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आउँदै गर्दा म एकदम हर्षित भएको छ । मेरो जीवनीले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित ग¥यो भने मेरो जीवन सार्थक भयो भन्ने म ठान्दछु ।”  

संग्रौलाले भने डा. रुइतको जीवनी अनुवाद गरेर आफ्नो जिवन सार्थक भएको जनाएका छन् । उनले भने “सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, संघर्ष र संकल्प,साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवं सादा जीवन, उच्च विचारको आदर्शले शोभित शानदार जीवन हो । रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवं अनुकरणीय छ । यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षणहरू मेरो जीवनका सुखद र सार्थक क्षणहरू हुन् ।”

उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एण्ड अनविनले पहिलोपटक अंग्रेजीमा प्रकाशित गरेको हो । उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो ।
डा.रुइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो ।

संसारका चिकित्सकीय संस्थापनपक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भुत डा. सन्दुक रूइतको जीवन्त एवम् रोचक कथा हो यो पुस्तक । यसमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा सम्मोहनयुक्त रुपमा लेखिएको छ ।
 

Last modified on 2019-09-28 11:16:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts