गुल्मी र रुकुममा गरि ८ जनामा डेंगु



Download our app to get more features

रुपन्देही, १० असोज । रुकुम पश्चिम र गुल्मीमा गरि ८ जनामा डेंगु फेला परेको छ । रुकुम पश्चिमको मुसिकोट स्थित साझा अस्पतालमा उपचारका लागि आएका ३ जना बिरामीहरुमा डेंगु फेला परेको डाक्टरको भनाइ छ । 

डेंगु फेला पर्नेमा एक जना नेपालगञ्जका रहेका छन् भने अन्य दुई जना रुकुम मुसिकोट नगरपालिकाका रहेका छन् । तीनजना मध्ये दुई जनालाई थप उपचारको लागि बाहिर रिफर गरिएको र एक जनाको जिल्लामै उपचार भैरहेको साझा अस्पतालका डा. दिपक पुनले बताए ।

यस्तै, गुल्मीको सत्यवती गाउँपालिका स्थित जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगुका ५ जना बिरामी फेला परेका छन् । 

सत्यवती गाउँपालिका ५ का १२ वर्षिय बालक, सत्यवती ६ का ३६ वर्षिय एक महिला तथा चन्द्रकोट गाउँपालिका ७ का ६० वर्षिया बृद्धमा डेंगु संक्रमण भएको पाइएको छ । त्यस्तै रुपन्देही बुटबल उपमहानगरपालिका १३ का ३५ र २८ वर्षका पुरुषलाई पनि डेंगु संक्रमण भएको जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन खिमलाल पाण्डेले बताए ।

बुटबलका दुई पुरुष आफन्तकोमा सत्यवती आएको बेला डेंगु फेला परेको पाण्डेले बताए ।

Last modified on 2019-09-28 11:15:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts