बालबालिकामा स्क्रब टाइफस भएको कसरी थाहा पाउने ?



Download our app to get more features

शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा पछिल्लो केहि महिनादेखि स्क्रब टाइफसबाट ग्रसित झन्डै ३ सयभन्दा बढी बिरामीको उपचार गरियो । स्क्रब टाइफसबाट प्रभावित हुनेमा अधिकांश वयस्कहरु हुन्छन् । तर, स्क्रब टाइफसमा बच्चामा पनि लाग्न सक्ने भएकाले समयमै सचते भने हुन जरुरी छ ।

बालबालिकामा यो रोग बिरलै लागेको पाइन्छ । तर, केही समययता स्क्रब टाइफसबाट धेरै बालबालिका पनि पीडित बन्न थालेका छन् ।

स्क्रब टाइफसका लक्षण वयस्क र बालबालिकामा धेरै भिन्न हुँदैन । केही यस्ता समान लक्षणहरु पनि छन् जसले स्वास्थ्यकर्मीहरूलाई समेत कहिलेकाही झुक्याउने गर्छ । यो रोग पहिचान गर्ने किट काठमाडौँ बाहिर सहजै उपलब्ध हुँदैन । बालबालिकामा देखिने लक्षणका आधारमा स्क्रब टाइफसको शंका गर्नु पर्ने हुन्छ । समयमै रोगको पहिचान र उपचार सुरू भए बालबालिकालाई यो रोगबाट जोगाउन र बचाउन सकिन्छ ।

बयस्क र बालबालिकमा देखिने समान लक्षणहरू:
उच्च ज्वरो 
इस्कार (किर्नाले टोकेको ठाउँमा देखिने कालो घाउको पाप्रो) 
फियो बढ्नु 
लिम्फ ग्रन्थी बढ्नु 
ज्वरोको अनुपातमा नाडीको चाल कम हुनु 
रगतमा सेतो रक्तकोषिका र कलेजोको इन्जाईम बढ्ने गर्दछ  

फरक लक्षणहरू:
इस्कार (वयस्कको छाती र पेटमा बढी देखिन्छ भने बालबालिकाको गुप्तांगमा बढी देखिन्छ)
कलेजोको सुजन बालबालिकामा बढी देखिन्छ ।
रगतमा प्लेट लेटको मात्रा वयस्कको अनुपातमा बालबालिकामा कम हुन्छ ।       

Last modified on 2019-09-28 11:14:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts