धोएर पुनः प्रयोग गर्न सकिने घरेलु प्याड रेडिमेड स्यानीटरी प्याड भन्दा स्वस्थकर



Download our app to get more features

काठमाडौं, ९ असोज ।‘काठमाडौं मर्यादित र स्वच्छ महिनावारीका बारेमा खुलेर कुरा गरौँ’ भन्ने नाराका साथ आज ९ भदौमा एक्सपोज नेपालले १२औँ वार्षिकोत्सव मनाएको छ ।

महिनावारी सम्बन्धि रहेका भ्रमहरुलाई हटाउँनु पर्ने माननिय महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री थममाया थापाले बताईन् । नेपाली समाजमा महिनाबारी अझै चुनौतिका रुपमा रहेको भन्दै स्कुल , कलेज र काम गर्ने ठाउँमा जनचेतना जगाउँनु पर्नेमा जोड दिईन् । यस्तै संघिय सरकारले स्कुलमा प्याड पुर्याउने नीति ल्याएको छ , स्थानिय सरकार सँग समन्वय गरेर समुदायमा केन्द्रित हुनु पर्ने बताईन । मन्त्री थापाले कार्यक्रममा बोल्दै एक्सपोज नेपालले गरेको काम सरानिय भएको भन्दै आफुले सरकार सँग बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । संस्थाका अध्यक्ष ज्ञान महर्जनका अनुसार मासिक करिब २५ सयका दरले प्याड बिक्री भइरहेको छ ।

कार्यक्रममार्फत नेपालका पहिलो प्याडम्यान भनेर चिनिएका महर्जनले देशभरका १७ सय महिलालाई नयाँ प्याडबारे तालिम दिसकेको बताए । उनको अगुवाइमा ललितपुरको गाबहाः मा सन् २००७ मा स्थापना भएको एक्स–पोज नेपाल ले महिनावारी सम्बन्धी संकुचन हटाउन तथा घरेलु स्यानीटरी प्याड निर्माण र प्रयोगलाई प्रर्बद्धन गर्दै आइरहेको छ । संस्थामार्फत ५७ जना महिलाले प्याड बनाउने काम गरिरहेका छन् । एकल तथा आर्थिक स्थिति कमजोर भएका महिलालाई संस्थाले निःशुल्क तालिम दिदै आइरहेको छ । धोएर पुनः प्रयोग गर्न सकिने घरेलु प्याड रेडिमेड स्यानीटरी प्याड भन्दा स्वस्थकर र खर्चका हिसाबले पनि किफायती मानिन्छ ।

उक्त प्याडलाई संस्थाको जावलाखेलस्थित कार्यालयबाट न्यूनतम १२० देखि २०० सम्ममा खरीद गर्न सकिन्छ । सन् २०२० भित्रमा काठमाडौं, पोखरा र विराटनगरका ७५ वटा पसहलहरुमार्फत प्याड बिक्रि गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ । यस्तै कार्यक्रममा बोल्ने क्रममा प्रदेश नम्बर ३ का सांसद जिवन खड्काले विद्यालयमा छात्राहरुलाई महिनावारी सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु गर्दै लैजाने बताए । एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जन ५७ जना महिलाहरु यस कार्यमा आवद्ध भएका छन भने ।प्रत्येक महिनामा पुन प्रयोग गर्न मिल्ने २५ सय वटा प्याड बेच्ने गरेका छौ । एकल महिलालाई नि शुल्क तालिम दिदै आएको छौ र हामी सोरोजगार बनाउन चाहान्छौ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts