समायोजन भइ पत्रचार भइसकेका स्वास्थ्यका कर्मचारीले गुनासो भए प्रमाणसहित निवेदन दिनसक्ने



Download our app to get more features

काठमाडौं, ९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन पत्र पाइसकेका कर्मचारीको गुनासो सुन्ने भएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै समायोजन पत्र पाइसकेका कर्मचारीलाई केहि गुनासो भए १७ असोजसम्म प्रमाण, आधार र कारण सहित निवेदन दिन सक्ने जानकारी दिएको छ ।

साथै, यसअघि निवेदन दिएका कर्मचारीले पनि पुनः तोकिएको अवधिमा निवृेदन दिनसक्ने मन्त्रालयले सूचित गराएको छ । साथै, समायोजन गरी पत्राचार गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि मन्त्रालयले जनाएको छ ।

Last modified on 2019-09-28 11:14:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts