मंसिर ५ देखि ८ गतेसम्म हेल्थ एण्ड ब्युटी एक्स्पो २०१९ हुने

काठमाडौं, ९ असोज । काठमाडौंको भृकुटिमण्डपमा अगामि मंसीर ५ गतेदेखि हेल्थ एण्ड ब्युटी एक्स्पो २०१९ हुने भएको छ । ब्राण्डअर्थ प्राइभेट लिमिटेड र सौन्दर्य कला व्यवसायी संघको संयुक्त आयोजनामा हुने एक्स्पो मंसिर ८ गतेसम्म चल्ने छ ।
एक्स्पोमा स्वास्थ्य संस्था, कस्मेटिक्स सामाग्री, सौन्दर्यसंग सम्बन्धित संघ संस्था, मेकअप, स्पा एण्ड वेलनेस, व्यवसायीक तालिम कोर्स, जिम तथा फिटनेस सेन्टर, योगा तथा ध्यान केन्द्र लगाएतका एक सय भन्दा बढी स्टलहरु रहनेछन् । साथै छाला विशेषज्ञशरुको सेमिनार समेत सञ्चालन रहने छ ।
पछिल्लो समय बजारमा पाइने गुणस्तरहिन सौन्दर्य सामाग्रीहरुले स्वास्थ्यमा प्रतिकुल असर पार्ने भन्दै त्यस सम्बन्धि जनचेतना जगाउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
Last modified on 2019-09-26 17:23:09