शिक्षककालागि पनि छुट्टै अस्पताल स्थापना गर्न सरकारसँग माग



Download our app to get more features

काठमाडौं, ८ असोज । नेपाल शिक्षक महासंघले शिक्षकहरुका लागि छुट्टै अस्पताल स्थापना गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष बाबुराम थापाले ‘शिक्षक अस्पताल’ स्थापनाका लागि सरकारसँग माग गरेको बताए ।

महासंघले सैनिक, प्रहरी र निजामती कर्मचारीका लागि जसरी छुट्टै अस्पताल स्थापना गरिएको छ त्यसरी नै शिक्षक अस्पताल स्थापना गर्न माग गरेको हो । 

अध्यक्ष थापाले शिक्षकहरूलाई सहुलियत दरमा उपचार गर्ने छुट्टै अस्पताल खोल्नका लागि योगदान गर्न मुलुकभरका शिक्षक तयार रहेको भन्दै यसप्रति गम्भिर भएर सोच्न पनि सरकारसँग आग्रह गरे ।
 

Last modified on 2019-09-26 17:45:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts