क्यान्सर उपचारमा ‘क्रान्तिकारी’ भनिएको औषधि यूरोपमा प्रयोग गर्न अनुमोदित

एजेन्सी, ८ असोज । क्यान्सर उपचारमा ‘क्रान्तिकारी’ औषधि भनिएको नयाँ वर्गको एक औषधिले यूरोपमा प्रयोग गर्न पाउने गरी अनुमोदित भएको छ । योे औषधिले ट्युमरको उपचारमा व्यापक सुधार ल्याउने वैज्ञानिकहरुको विश्वास छ ।
ट्युमर एग्नोष्टिक औषधिले शरीरमा कहाँ क्यान्सर बढ्दैछ भनेर थाहा पाउँदैन । जब शरीरभित्र आनुवंशिक असामान्य अवस्था आउँछ तब मात्रै थाहा पाउछ । तर नयाँ औषधि परीक्षण गरेका युकेका चिकित्सकहरू निकै उत्साहित बनेका छन् । उनीहरूले भने, ‘यो औषिधिले बिरामीहरूलाई निको पार्ने र साइड इफेक्ट पनि कम गर्नेछ ।’
अनुमोदित यो औषधिलाई ल्रोट्रैक्टिनिब भनिन्छ । बेलफास्टका दुई वर्षीय चाल्र्लाेट स्टिभनसन यो औषधिबाट लाभान्वित हुने पहिलो बिरामीहरू मध्ये एक थिए ।
उनलाई शरीर जोडिने (फाइब्रोसारकोमा) सम्बन्धी क्यान्सर भएको थियो । उनी एक वर्षदेखि लन्डनको रोयल मार्सेडन सट्टनस्थित क्लिनिकमा परीक्षणको रूपमा ल्रोट्रैक्टिनिबमार्फत उपचार गरिरहेका छन् । उनको आमा, एस्तरले भनिन, ‘हामीलाई थाहा थियो कि हाम्रो विकल्पहरू सीमित छन् । त्यसैले हामीले यसलाई प्रयोग गर्ने निर्णय गर्यौ र हामी खुसी छौं ।’
औषधिको प्रभाव निकै राम्रो भइरहेको उनले बताइन । उनले थपिन्, ‘ चाल्र्लाेटको स्वास्थ्यमा आएको परिवर्तन र सुधारले हामी आश्चर्यजनक बनेका छौं । उनमा आएको उर्जा र उत्साहले हामी खुसी छौं ।’
उनी अहिले अपेक्षाकृत सामान्य जीवन बिताउन सक्ने भएका छन् । सबै भन्दा राम्रो, यो औषधि ट्यूमरको उपचारमा अविश्वसनीय प्रभाव पार्न सफल भएको उनले बताइन ।
चाल्र्लाेटमा भएको ट्यूमर एक आनुवंशिक थियो । यसलाई एनटिआरके अनुवंशिक फ्युजन भनिन्छ । उनको डीएनएको एक हिस्सा गल्तीले अर्काेसँग मर्ज भयो र उनको शरीरमा आएको परिवर्तनले क्यान्सर निम्त्यायो ।
रोयल मार्सेडन अस्पतालकी बच्चाहरूको क्यान्सर परामर्शदाता डा. जुलिया चिशोल्मले भनिन्, ‘यो वास्तवमै रोमाञ्चक कुरा हो किनकि यसले क्यान्सरको विभिन्न दायरामा काम गर्छ । यो एउटामा मात्रै सीमित छैन ।’ एनटीआरके म्युटेसन एकदमै कमैमा हुन्छ । यसका लागि अन्य उपचार विधिहरु पनि विकास भइरहेका छन् ।
युरोपियन नियामकहरूले अनुमति दिनुको मतलब यो होइन की बेलायतका सबै बिरामीलाई यो औषधि तुरुन्त उपलब्ध हुनेछ । तर यस वर्षको सुरूमा एनएचएस इंग्ल्याडले ट्यूमरको उपचारमा यो औषधि ‘क्रान्तिकारी’ र क्यान्सर उपचारमा विशेष सफलताको रूपमा वर्णन गरेको छ । साथै बिरामीहरुको पहुँचमा पु¥याउने तयारी पनि भइरहेको उनीहरुले जनाएका थिए ।
एनएचएस इंग्ल्याण्डका प्रमुख कार्यकारी साइम स्टिभका अनुसार यो औषधिले विशेष गरी बच्चाहरुको क्यान्सरको उपचार गर्न सक्षम हुनुको साथै उनीहरुलाई लामो र स्वस्थ जीवन ज्यून सहयोग गर्छ । यस्तै क्यान्सर रिसर्च युकेका प्रमुख क्लिनियसियन प्रो. चाल्र्स स्वान्टनले भने, ‘यो औषधि वास्तवमै राम्रो छ ।’
ल्रोट्रैक्टिनीब विकसित गर्ने औषधि कम्पनी बायरका डा. ब्रेन्डन ग्रेले भने, ‘युरोपमा औषधि स्वीकृत भएको कारण ल्रोटै«क्टिनिबले क्यान्सर उपचारमा वास्तविक परिवर्तनको प्रतिनिधित्व गर्छ ।’