सर्वोच्चको आदेश अनुसार स्वास्थ्यले पत्र दिएपछि ढकाल फेरि औषधि व्यवस्था विभागमा



Download our app to get more features

काठमाडौं, ७ असोज । नारायण ढकाल औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः नियुक्त भएका छन् ।

कर्मचारी समयोजनको क्रममा गत असार १५ मा ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाइएपछि सर्वोच्चले आदेश जारी गरेको थियो ।

सर्वोच्चको अन्तरिम आदेश अनुसार स्वास्थ्य मन्त्रालयले पत्र बनाइदिएपछि उनी विभागमा पुगेर महानिर्देशकको रुपमा हाजिर भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो निर्णय कार्यान्वयन नगर्न माग गर्दै ढकालले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले साउन २१ गते ढकालको पक्षमा अन्तरिम आदेश जारि गरेको थियो । सोही आदेश अनुसार ढकालले आइतबारबाट जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि ११ औँ तहका ढकाललाई प्रयोगशाला तर्फ पठाउँदा मन्त्रालयले १० औँ तहका पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । 
 

Last modified on 2019-09-25 10:54:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts