दार्चुलामा संस्थागत सुत्केरी हुनेको संख्या बढ्दै

What's This?


Download our app to get more features

डडेल्धुरा, ७ असोज । दार्चुलामा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवती महिलाहरुको संख्या बढ्दै गएको छ । 

स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङक अनुसार दुई वर्ष पहिले झण्डै ६२ प्रतिशत महिलाहरु संस्थागत सुत्केरी हुने गरेकोमा गत आर्थिक वर्षमा त्यो अनुपात बढेर ६४.६ प्रतिशत पुगेको छ ।

मातृ मृत्युदर र शिशु मृत्युदरलाई नियन्त्रण गर्न नेपाल सरकारले पूर्णसंस्थागत सुत्केरी अभियान सञ्चालन गरेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरुको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख शिवराज सुनारले बताए । सरकारले संस्थागत सुत्केरी बढाउन यातायात खर्चबाफत ३ हजार रुपैँया, न्यानो झोला र गर्भावस्थामा ४ पटक स्वास्थ्य जाँच गराएबाफत थप ८ सय रुपैँया प्रोत्साहन रकम दिने गरेको छ ।

स्वास्थ्य संस्थाहरुको स्तरोन्नती र जनचेतना अभिवृद्धिसँगै संस्थागत सुत्केरी दर बढेपनि दक्ष जनशक्ति र स्रोत साधनको असुविधाका कारण जटिल प्रकृतिका गर्भवती महिलाहरु जिल्ला बाहिर रेफर भई जानुपर्ने बाध्यता कायमै छ । दार्चुलावासीले भारतको पिथौरागढ र तराईका जिल्लाहरुमा गएर सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन् ।

Last modified on 2019-09-25 10:53:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts