ओम समाजद्वारा दाँत प्रत्यारोपणसम्बन्धी तालिम 



Download our app to get more features

काठमाडौं, ६ असोज । ओम समाज डेन्टल हस्पिटल चाबहिलले दन्त चिकित्सकहरूलाई दाँत प्रत्यारोपणसम्बन्धी एक दिने तालिम दिएको छ । भारतका डा. एसपी सिंह, नरेन्द्र सिंह (अर्मान) र वरिष्ठ दन्त रोग बिशेषज्ञहरुले दाँत प्रत्यारोपणसम्बन्धी निः शुुल्क तालिम दिएका थिए । तालिममा एक सय ५० भन्दा बढी दन्त चिकित्सकको सहभागीता थियो । 

तालिम समापनको आवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको उपस्थिति थियो । यस्तै पुर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र, डा. मानिक रत्न बज्राचार्य, डा. मिरा मल्ल, भारतका डा. एसपी सिंह, नरेन्द्र सिंह (अर्मान) लगायत वरिष्ठ दन्त्य रोग विशेषज्ञको कार्यक्रममा सहभागीता थियो । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. यादवले राज्यले गर्नुपर्ने काम ओम समाज डेन्टल हस्पिटलले गरेकोमा भन्दै प्रशंसा गरे । उनले सामाजिक दायित्व अन्तर्गत ओम समाज डेन्टल हस्पिटलले गर्ने सबै कार्यक्रममा आफु र मन्त्रालय सहयोग गर्न तयार रहेको प्रविद्धता जनाए । कार्यक्रममा पुर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रले दन्त्य चिकित्सकहरुले नयाँ प्रविधिको साथमा बिश्वस्तरिय सेवा प्रदान गर्नुपर्ने सुझाव दिए । 

ओम समाज डेन्टल हस्पिटलका प्रमुख तथा वरिष्ठ दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरेले आफुले पढ्दा कसैबाट सहयोग नपाएर धेरै पीडा भोगेको अनुभव सुनाए । दन्त रोगसम्बन्धी पढेर काम गर्न चाहनेलाई  जुनसुकै सहयोग गर्न तयार रहेको र समस्या परेकाले निर्धक्क भएर भन्न आग्रह गरे । उनले दाँत प्रत्यारोपणसम्बन्धी एक दिने निःशुल्क तालिम नेपालमा पहिलो पटक आयोजना गरेको दावी पनि गरे । उनले भने, ‘धेरै पहिले देखिको सपना भएको हुँदा यस कार्यक्रमलाई सफल बनाउन लाग्ने टिम धन्यवादका हिस्सेदार छन् ।’ उनले बुबाआमाको नामबाट ‘ईन्द्र अन्नपूर्णा विशिष्ट व्यक्ति’ सम्मान र स्वास्थ्य क्षेत्रमा अध्यनरत २० जना विधार्र्थीलाई छात्रवृत्ति पनि प्रदान गरिरहेको बताए । 
कार्यक्रमका पुर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र, डा. मानिकरत्न बज्राचार्य, र नेपाली प्रथम महिला डाक्टर डा मिरा मल्ललाई ‘ईन्द्र अन्नपूर्णा विशिष्ट व्यक्ति ०७६ बाट सम्मानित भएका थिए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts