डा. रुइतलाई प्रदान गरियो 'प्रधानमन्त्री प्रतिभा पुरस्कार'

What's This?


Download our app to get more features

काठमाडौं, ५ असोज । ख्यातीप्राप्त चिकित्सक डा. सन्दुक रुइत प्रधानमन्त्री प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. रुइत लगायत पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुलाई आज नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्नुभयो । डा. रुइत नेपालमा मात्रै नभई विश्वभरनै चर्चित चिकित्सक हुन् । उनले यसअघि नै भारतको प्रतिष्ठित पद्मश्री अवार्ड लगायत अन्तर्राष्ट्रिय म्यागेसेसे अवार्ड पाइसकेका छन् । मोतियाबिन्दुबाट हुने अन्धोपन घटाउने डा. रुइतले ऐतिहासिक योगदान पुर्याएका छन् । साथै उनको अग्रसरतामा नेपालमा उत्पादन हुने आँखाको लेन्स विश्वभरनै निर्यात हुने गरेको छ । उनलाई

मोतियाबिन्दुको उपचारखर्च अति न्यून बनाउने चिकित्सकका रुपमा पनि लिने गरिन्छ ।  उनले अहिलेसम्म २ लाखभन्दा धेरै मोतियाबिन्दुका बिरामीलाई ज्योति प्रदान गरिसकेका छन् । 

Last modified on 2019-09-23 06:11:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts