भोजपुर ७६ औं  खुल्ला दिशामुक्त जिल्ला घोषणा



Download our app to get more features

भोजपुर, ४ असोज । भोजपुर ७६ औं  खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । ¥याली र झाँकीसहित शनिवार जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । 

जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रम मार्फत प्रदेशसभा सदस्य राजेन्द्रकुमार राई जिल्लालाई खुल्लादिशामुक्त जिल्ला घोषणा गरेका हुन् । जिल्लामा रहेको दुई नगरपालिका र सात  वटा गाउँपालिकाको सम्पुर्ण घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आईसकेकोले जिल्लालाई नै खुला दिशामुक्त जिल्ला घोषणा गरिएको आयोजित कार्यक्रममा जानकारी गराइएको छ । हालसम्म जिल्ला भर करिव ४० हजार घरपरिवारमा सौचालय निर्माण भएको खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।

खुला दिशामुक्त जिल्ला घोषणा गर्नु अघि जिल्लामा रहेका स्थानीय तहमा शौचालयको अबस्थाबारे अनुगमन तथा सुपरिबेक्षण टोलीबाट अनुगमन गरिएको थियो ।  कार्यक्रमको अवसरमा जिल्लालाई खुल्ला दिशामुक्त बनाउन भूमिका निर्वाह गर्ने संघसंस्था, संचारमाध्यम तथा अभियान्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वोल्ने अधिकांश वक्ताले निकै लामो समयको मेहनतपछि जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न सफ भएको बताउदै, यसको आगमी दिनमा थप व्यवस्थापनमा लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए । 
 

Last modified on 2019-09-23 06:11:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts