काठमाडाैंमा डेंगु संक्रमित घटे, अस्पताल धाउने घटेनन्

काठमाडौं, २ असोज । काठमाडौं उपत्यकामा डेंगु रोगका बिरामीको संख्या घट्दै गएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पछिल्लो एक साताको तथ्याङ्क अनुसार काठमाडौंमा डेंगु संक्रमितको संख्या घट्दै गएको देखिएकाृ हाे ।
बुधबार डेंगुकाे अाशंकामा जाँच गराउन ४ सय ७८ जना अस्पताल आएका थिए । जसमा ५९ जनामा मात्रै डेंगु पोजेटिभ देखिएको थियो ।
सरुवारोग विशेषज्ञ डा.अनुप राज वास्तोलाका अनुसार काठमाडौंमा डेंगु संक्रमितको संख्या विस्तारै कम हुँदै गएको छ । तर, मानिसमा अझैंपनि गलत भ्रमका कारण अस्पताल धाउने बानीले गर्दा बिरामीको संख्या भने घटेको छैन ।
यस्तो छ पछिल्लो एक साताको बिरामीको संख्या
अस्पताल आउने बिरामीको संख्या डेंगु पोजेटिभको संख्या
भदौ २६ गते ५९३ २६३
भदौ २७ गते ५९३ २४६
भदौ २८ गते ४०० १२०
भदौ २९ गते ३५५ १६८
भदौ ३० गते ६४१ ८९
भदौ ३१ गते ४६६ ५४
असोज १ गते ४७८ ५९