चिकित्सा शिक्षा आयोगको बैठकः प्रधानमन्त्रीले भने आयोगले कसैको दवावमा काम गर्नु हुँदैन



Download our app to get more features

काठमाडौं, १ असोज । चिकित्सा शिक्षा आयोगको पहिलो बैठक बुधबार बसेको छ ।

आयोग गठन पछि बसेको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दवावमा काम गर्न नहुने बताए । 

बालुवाटारमा बसेको बैठकमा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दवाव, भावना र अन्य प्रकारका सम्बन्ध भएकोले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने बताए । 

उनले नेपालमा ७० प्रतिशत प्राविधिक धारको शिक्षा हुनुपर्ने बताए । उनले भने, “हाम्रो शिक्षा साक्षर  बनाउने खालको मात्र होइन, जीवन उपयोगी बनाउनु पर्दछ ।” 

प्रधानमन्त्रले थपे, “विगतमा शैक्षिक संस्थाको संख्या हेरियो तर गुणस्तर हेरिएन । तर अब त्यस्तो हुदैन ।”

Last modified on 2019-09-20 07:36:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts