देशभर डेंगुको महामारी, स्वास्थ्यमन्त्रीको विदेशमा सवारी



Download our app to get more features

काठमाडौं, १ असोज । देशैभर डेंगुको महामारी फैलिरहेको बेला उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र साताव्यापी विदेश भ्रमणमा जान लागेका छन् ।

हजारौं नागरिक डेंगुले प्रभावित भइरहेका बेला स्वास्थ्यमन्त्री आज बेलुका अमेरिका जान लागेका हुन् । अमेरिकाको न्यूयोर्कमा हुने २ दिने स्वास्थ्यमा सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागि हुन भन्दै उनी त्यस तर्फ जान लागेका हुन् ।

मन्त्री यादव ३ सदस्यीय टोली सहित सो कार्यक्रममा सहभागी हुने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

यसैबीच स्वास्थ्यमन्त्रीको विदेश भ्रमणलाई लिएर सांसदहरुले आलोचना गरेका छन् । देशमा फैलिएको डेंगुलाई कसरी नियन्त्रण गर्ने, नागरिकलाई कसरी सचेत गर्ने लगायतका विषयमा ध्यान दिनुको सट्टा स्वास्थ्यमन्त्री विदेश भ्रमण जान लागेको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन् ।

संसदमा बोल्दै कांग्रेस सांसद पार्वता डीसी चौधरीले यस्तो संवेदनशिल अवस्थालाई कसरी समाधान गर्ने भन्ने विषयमा सोच्नुपर्नेमा स्वास्थ्यमन्त्री अमेरिका जानुले उनको विदेश भ्रमणको मोह स्पष्ट भएको बताइन् ।

Last modified on 2019-09-20 07:36:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts