डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था छैन : स्वास्थ्यमन्त्री यादव



Download our app to get more features

काठमाडौं, १ असोज । सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको प्रष्टाएको छ । बुधबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था हल्ला फैलाए जस्तो जटिल नरहेको प्रष्टाए । 

उनले साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको सो क्रममा बताए । नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको उनको दावी छ ।  डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधि र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको उनको भनाइ छ । मन्त्री यादवले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको बताए ।

१ साउनदेखि २३ भदौसम्म नेपालमा पाँच हजार ९५ जनामा डेंगु संक्रमण देखिएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको जानकारी आएको उनले बताए । 

Last modified on 2019-09-19 06:03:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts