डडेल्धुरामा डेंगुको संक्रमणबाट जोगिन लामखुट्टे मार्ने अभियान
स्थानीय सरकारले कुनै पहल नगरेको भन्दै सरोकारवाला असन्तुष्ट

डडेल्धुरा, १ असोज । देशैभर फैलिएको डेंगुको सक्रमणबाट जोगिन डडेल्धुरामा पहिलोपटक सचेतना ¥यालीसहित औषधि छर्किएको छ ।
आज बिहान जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा नेपाली कांग्रेस डडेल्धुराले डेंगी रोगको संक्रमणबाट जोगिन स्थानीय आफैँ सचेत रहौँ भन्दौ ¥यालीसहित बजार क्षेत्रका नाली एवं फोहोरमा लामखुट्टे मार्ने औषधि छर्किएको हो ।
‘सरकार अन्धो छ, जनता आँखा खोलौँ, डेंगु प्रति सचेत रहाँै, घर आगन सफा राखौ’ भन्ने नारा लेखिएको ब्यानरसंगै कांग्रेसले जिल्ला सदरमुकामको बजार क्षेत्रमा औषधि छर्केको हो ।
तराईका जिल्लाहरुमा लामखुट्टेको टोकाइबाट फैलिने डेंगु रोगको संक्रमण पछिल्ला वर्षहरुमा पहाडीलगायत हिमाली जिल्लाहरुमा पनि देखिन थालेकाले सचेत रहौँ भन्दै ¥याली निकालिएको नेपाली कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।
डडेल्धुरा अस्पतालमा चिकित्सक नहुँदा उचारमा समस्या रहेको जनाउँदै कांग्रेसले ‘सरकार अन्धो छ, स्थानीय आफैँ सचेत रहौँ, भन्दै सचेतना ¥यालीसहित लामखुट्टे मार्ने औषधि छर्केको उनले बताए ।
कांग्रेसको सचेतना ¥यालीमा राष्ट्रि जागरण अभियानका खटिआएका केन्द्रिय प्रतिनिधि अन्तराम भट्ट, बेलबहादुर रानालगायत जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागिता थियो ।
डडेल्धुरामा तीनजनामा डेंग
डडेल्धुरा जिल्लाका तीन जनामा अहिलेसम्म डेंगु रोगको संक्रमण देखिएको डडेल्धुरा अस्पतालको तथ्यांक छ ।
अमरगढी नगरपालिका वडा नं. १ का ५५ वर्षीय एक महिला, गन्यापधुरा गाउपालिका–३ की ३० वर्षीय महिला र आलिताल गाउँपालिका–१ का २४ वर्षीय युवकमा डेंगु रोगको सक्रमण देखिएको अस्पतालले जनाएको छ ।
यस्तै एकजना बझाङ र एकजना डोटीबाट अस्पताल पुगेका बिरामीमा पनि डेंगुको संक्रमण देखिएको अस्पतालका मेसु डा.जितेन्द्र कँडेलले जानकारी दिए ।
डडेल्धुरामा डेंगु रोगभन्दा पनि स्क्रब टाइफसको संक्रमण बढी फैलिएको छ । पछिल्लो तीन साता यता अस्पताल पुगेका बिरामी मध्ये ५० जना भन्दा बढीमा स्क्रबटाइफसको संक्रमण देखिएको असपतालका सूचना अधिकारी टंकप्रसाद पनेरुले जानकारी दिए ।
स्थानीय सरकारले कुनै पहल नगरेको भन्दै सरोकारवालाले असन्तुष्ट जनाएका छन् । स्क्रब टाइफस र डेंगु रोगको संक्रमण प्रकोपका रुपमा फैलिदै गएपनि अहिलेसम्म जनस्वास्थ्य कार्यालय तथा स्थानीय तहले कुनै पहल गरेको देखिँदैन ।