प्रसूति गृहको अक्सिजन प्लान्टमा विस्फोट, दुई जना सामान्य घाइते

काठमाडौं, ३१ भदौ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल परिसरमा रहेको अक्सिजन प्लान्टमा विस्फोट हुँदा २ जना घाइते भएका छन् ।
अस्पतालमा रहेको अक्सिजन प्लान्ट मर्मत गर्न आएका कर्मचारीहरु विष्फाेटका क्रममा सामान्य घाइते भएको र उनीहरुको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ ।
अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले हाम्रो डाक्टरसँग कुराकानी गर्दै प्लान्टमा काम गर्न आएका कर्मचारीलाई ग्यास लिक भएर सामान्य चोट लागेकाे र उनीहरुलाई असपताल लगिएकाे बताए । उनले भने, ‘ठूलो क्षति हुने गरि विस्फोट नभएकाले चिन्ताको विषय छैन । काम गर्ने बेलामा ग्यास लिक भएर उनीहरु सामान्य घाइते भएका हुन् ।’
२०७६ काे शुरुआतसँगै सञ्चालनमा आएको सो प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ ।
Last modified on 2019-09-18 10:00:29