प्रदेश नं. ५ का ७ जिल्लामा डेंगुका कारण ३ सय ९० जना संक्रमित, २ को मृत्यु



Download our app to get more features

रुपन्देही, ३१ भदौ । प्रदेश नं. ५ मा अहिलेसम्म ३ सय ९० जनामा डेंगु रोग देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुासार बाँकेमा ३४ जनामा डेंगु देखिएको छ । जसमा १६ पुरुष र १८ जना महिला रहेका छन् । १९ जना उपचार पश्चात घर फर्केको र एक जनाको मृत्यु भएको छ ।
 
त्यस्तै बर्दियामा १ जना पुरुषमा डेंगु संक्रमण फेला परेको छ भने दाङमा ६४ जनामा डेंगु संक्रमणका बिरामी भेटिएका छन् । जसमा ३३ जना पुरुष र ३१ जना महिला रहेका छन् । ६० जना उपचार गरि घर र्फकेको र अन्य बाँकीको उपचार भैरहेको छ ।
 
रुपन्देहीमा २ सय ६० मा डेंगु फेला परेको छ । ती मध्ये १ सय ४३ पुरुष र १ सय १७ महिला रहेका छन् । जसमा २ सय ४७ उपचार गरि घर र्फकेको र अन्यको उपचार भैरहेको छ भने १ जना महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

यस्तै, अर्घाखाँचीमा १२ जनामा डेंगु फेला परेको छ । जसमा ११ जना उपचार पछि घर फर्केको र १ जनाको उपचार भैरहेको छ । त्यस्तै पाल्पामा १४ जनामा डेंगु फेला परेको र  ६ जना उपचार पछि घर फर्केका छन् ।

पश्चिम नवलपरासीमा ५ जनामा डेंगु फेला परेको र पाँचै जना उपचार पछि घर फर्केका छन् । यस्तै प्रदेश नं. ५ का अन्य जिल्ला मध्ये कपिलवस्तु, रोल्पा, प्युठान, गुल्मी, रुकुममा भने अहिले सम्म डेंगुका रोगी फेला नपरेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दैनीक रुपमा  डेंगुको जानकारी गराएको छ । 
 

Last modified on 2019-09-18 09:59:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts