काठमाडौंमा डेंगु संक्रमितको संख्या घटेन, एकैदिनमा १ सय ६८ जनामा देखियो डेंगु

काठमाडौं, ३० भदौ । शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पतालमा डेंगु रोगका बिरामीको संख्या बढ्दै गएको पाइएको छ ।
आइतबार ८ सय ९३ जना डेंगुको शंका लागेर जाँच गराउन आएका थिए । जसमध्ये ३ सय ५५ जनाको डेंगु परिक्षण गरिएको थियो । जसमा १ सय ६८ जनामा डेंगु पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।
यसअघि शनिबार ४ सय जनाले डेंगु लागेको शंकामा जाँच गराउन आउँदा ६१ जनामा पोजेटिभ देखिएको थियो ।
पछिल्लो दुई दिनको अस्पतालको तथ्यांक हेर्ने हो भने काठमाडौंमा डेंगु रोगका बिरामीको संख्या बढ्दो छ ।
देशैभर फैलिको डेंगुका कारण मानिसहरुमा सामान्य ज्वरो आउँदा पनि डेंगु नै हो की भने अस्पताल पुग्नेहरुको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।
Last modified on 2019-09-16 14:35:12