नर्सिङ काउन्सिलको नतिजा सार्वजनिक, यी हुन् विजयी उम्मेदवार

काठमाडौं, ३० भदौ । नेपाल नर्सिङ काउन्सिलको रिक्त रहेको सदस्य पदमा ३ जना विजयी भएका छन् ।
शनिबार भएको निर्वाचनबाट काउन्सिलको सदस्यमा डा तारा शा, कृष्णकुमारी पौडेल र जीता बराल विजयी भएका छन् ।
आइतबार अबेर साँझ सार्वजनिक गरिएको नतिजा अनुसार डा. शाहले सर्जाधिक १ हजार ४ सय ९१ मत प्राप्त गरेकी छन् भने कृष्णकुमारी पौडेलले १ हजार २ सय ५७ र जीता बरालले १ हजार २ सय १६ मत हासिल गरी विजयी भएकी छिन् ।
डा. शाह र पौडेल सत्तारुढ दल नेकपा निकट मानिन्छन् भने बराल प्रतिपक्ष दल नेपाली कांग्रेस निकट मानिन्छन् ।
Last modified on 2019-09-16 14:35:00