जोरपाटीमा आयोजित निःशल्क स्वास्थ्य शिविरमा ९० जना लाभान्वित



Download our app to get more features

काठमाडौं, २९ भदौ । नेपाल हेल्थ स्टेशनले काठमाडौंको जोरपाटीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरमा करिब ९० जना महिलाहरुले शिविरमा स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा, प्रसुति तथा महिला रोग विशेषज्ञ डाक्टर रुमिना मल्ल र मन्जिता निरौलाले ५० जना बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । 

वरिस्ठ डाक्टर करुणा भट्टले ४० जना बिरामीको स्वास्थ्य परिक्षण गरेकी थिइन् । यस्तै डा एलिना श्रेष्ठले करिब ४० जनालाई फिजियोथेरापी सेवा तथा परामर्श प्रदान गरेकीथिइन् । शिविरमा बिरामीहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts