सरोकारवालाको मागः बृहत यौनिकता शिक्षा अनिवार्य गर 



Download our app to get more features

काठमाडौं, २९ भदौ । नेपाल युवा संस्था सञ्जाल, आयोनको पहलमा तयार पारिएको बृहत यौनिकता शिक्षा सम्बन्धि सुझाव पत्र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत पाठ्यक्रम विकास केन्द्रलाइ बुझाउने सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ । 

उच्च माध्यामिक तह सम्म बृहत यौनिकता शिक्षा अनिवार्य गरिनुपर्नेमा विशेषगरी युवाको मुद्धामा काम गर्दे आएका सामाजिक संस्थाहरुले जोड दिएका छन् । बृहत यौनिकता शिक्षाले बालबालिका र किशोर उमेर समुहका सबैलाइ शारीरिक तथा मनोवैज्ञानिक असरहरुबाट जोगिन मद्धत गर्ने उनीहरुको धारणा छ । यसैगरी युवालाइ ब्यक्तिगत सम्बन्धमा, शारीरिक र संबेगात्मक रुपमा आफनो यौनिकतालाई निर्धारण गर्न पाउनुपर्ने उनीहरुले माग गरेका छन् ।  

आफ्नो यौन जीवन सुखमय बानाउनका लागि किशोरकिशोरी तथा युवालाई यौन सम्बन्धी ज्ञान, सीप, अवधारणा र मान्यताको विकास गर्ने बारेमा पनि छलफल भएको थियो । कार्यक्रममा प्रतिनिधि सभा अन्र्तगत शिक्षा तथा स्वास्थ्य संसदिय समितिकी सदस्य मन कुमारी जिसीले वृहत यौनिकता शिक्षाले युवाहरुको संबेगात्मक र सामाजिक विकास गर्दै उनिहरुलाई सकारात्मक दृष्टिकोण र मान्यता सहितको जीवनोपयोगी सीप हासिल गर्न उचित अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् । 

बृहत यौनिकता शिक्षालाई अनिवार्य शिक्षाका रुपमा लागु गनुपर्ने कुरामा आफु सहमत रहेको र यसबारे सरकारका सम्बन्धित निकायलाई जानकारीका लागि पहल गर्ने जिसीले प्रतिवद्धता व्यक्त गरिन् ।
 
कार्यक्रममा अनुसन्धानकर्ता पूण्य भण्डारीले बृहत यौनिकता शिक्षाको अपरिहार्यता र यसका विविध सवालहरुका बारेमा आफ्नो अनुसन्धान प्रतिवेदन प्रस्तुत गरे । आयोनको सहकार्यमा तयार पारिएको बृहत यौनिकता शिक्षा सम्बन्धी तयार पारिएको सुझाव पत्रलाइ केही दिनमै पाठ्यक्रम विकास केन्द्रलाई बुझाइने आयोनका अध्यक्ष जगदिश ऐरले जानकारी दिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts