नर्सिङ काउन्सिलको मतगणना दिउँसो मात्रै

काठमाडौं, २९ भदौ । नेपाल नर्सिङ काउन्सिलको रिक्त तीन सदस्य पदका लागि भएको निर्वाचनको मतगणना सकिएको छ ।
यद्यपी निर्वाचन समितिले मतपरिणाम पुर्न रुजु गरी औपचारिक घोषणा गर्न भने बाँकी छ । समितिले आज दिउँसो ३ बजे तिर मात्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
काउन्सिल सदस्य निर्वाचनमा डा तारा शाहको नेतृत्वमा नेकपा निकट नर्सहरुले उम्मेदवारी दिएका थिए भने सरला केसीको नेतृत्वमा कांग्रेस निकट नर्सहरुले उम्मेदवारी दिएका थिए ।
दुई जना भने स्वतन्त्र रुपमा उठेका थिए ।
करिब १३ हजार मतदाता रहेको काउन्सिलको निर्वाचनमा देशभरका १४ स्थानमा मतदात भएकोमा २५ प्रतिशत मत खसेको थियो ।
Last modified on 2019-09-16 10:16:27