कुनै पनि घरमा दोस्रो वा तेस्रो पटक डेंगु सार्ने लामखुट्टेको लार्भा भेटिए कारवाही !



Download our app to get more features

पोखरा, २९ भदौ । पोखरा जिल्ला स्वास्थ्य कार्यालयले कुनै पनि घरमा दोस्रो वा तेस्रो पटक डेंगु सार्ने लामखुट्टेको लार्भा भेटिए कारवाही गर्नुपर्ने माग गरेको छ ।

शनिबार आयोजित एक कार्यक्रममा वरिष्ठ चिकत्सक डाक्टर बिएन नागपालले शुरुमा  घर घरमा जनचेतना जगाउनु पर्ने, गमला, फुलदानी, खाली बट्टा, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न दिन नहुने अभियानका बाबजुद कसैको घरमा फेरि डेंगु सार्ने लामखुट्टे भेटिए कारबाही गर्नुपर्ने व्यवस्था गर्न माग गनुभयो ।

उहाँले छिमेकी देश भारतको नयाँ दिल्लिमा कसैको घरमा डेंगु सार्ने लामखुट्टे लार्भा भेटिए पाँच हजार भारतिय रुपैया जरिवाना हुने गरेको जस्तै नेपालमा पनि कारबाहीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

डेंगु सार्ने एडिस एप्जिटाई जातको लामखुट्टे को वृद्धि र विकाश हुन नदिन आफ्नो घर  वरीपरी भएका रहेको सामाग्रि सफा गर्नुपर्ने र पानी भन्दा केही माथी घेरोमा फुल पार्ने हुँदा पानी मात्रै पोखेर नुहने पानी भन्दा माथीको भाग राम्रो संग सफा गर्नु पर्ने नागपालको भनाइ छ । सरकारले जनचेतना जगाउँदा पनि अटेर गर्नेलाई जरिवाना गर्नुपर्ने अन्तरक्रियामा सहभागि वक्ताहरुले बताए ।

नेपालमा सन २००४ बाट डेंगु देखापरेको र संक्रमण हुने मानिसको संख्या बड्दो रहेको भेक्टर कन्ट्रोल निरिक्षक उत्तम प्याकुरेलले जानकारी दिनु भयो । सरकारी तथ्याङ अनुसार पोखरामा हिजो सम्म १२ सय ७३ जनामा डेंगु रोग देखा परेको पुष्टी भएको छ । सरकारी तथ्याङ भन्दा धेरै डेंगुका विरामी पोखरामा रहेको चिकित्सकहरुले नै बताउँदै आएका छन् ।

Last modified on 2019-09-15 15:01:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts