दाङमा डेंगु रोगका कारण एक जनाको मृत्यु, ४२ जना बिरामी



Download our app to get more features

दाङ, २९ भदौ । डेंगुको संक्रमणबाट दाङको शान्तिनगर गाउँपालिका निवासी एक महिलाको मृत्यु भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु तथा मलेरिया रोग फोकल पर्सन कमल चन्दका अनुसार शान्तिनगर गाउँपालिका वडा नं. १ फुर्केसल्लीका २१ वर्र्षीया प्रतीक्षा बुढाको मृत्यु भएको हो । 

उनको उपचारको क्रममा नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको हो । डेंगुको शंका लागेर तुलसीपुर तथा घोराहीका स्वास्थय संस्थामा जाँच गराउँदा पनि केही पत्ता नलागेपछि भदौ ७ गते नेपालगञ्ज लगिएको थियो । 

चन्दका अनुसार दाङमा अहिलेसम्म ४२ जनामा डेंगुको संक्रमण भएको छ । २४ पुरुष र १८ जना महिलामा डेंगु संक्रमण भएको उनको भनाइ थियो ।

Last modified on 2019-09-16 10:14:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts