नेपाल औषधि व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा भट्टराई

रुपन्देही, २९ भदौ । नेपाल औषधि व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । प्रतिस्पर्धी जवाहरलाल न्यौपानेलाई पछि पार्दै भट्टराई विजयी भएका हुन् ।
कुल ४ सय ६३ मतमध्ये भटट्राईले ३ सय २९ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेले १ सय २८ मत प्राप्त गरेका थिए । मतदानका क्रममा ६ भोट बदर भएको निर्वाचन समितिका संयोजक प्रा.डा.कृष्ण भट्टराईले बताए ।
नयाँ नेतृत्वका लागि अन्य पदमा सहमति जुटे पनि अध्यक्षका लागि सहमति नहुँदा निर्वाचन भएको थियो । शनिबार प्राप्त मतपरिणम अनुसार संस्थापन समूहका भट्टराई भारी मतले विजयी भएका हुन् ।
त्यस्तै, कोषाध्यक्ष पदका लागि कृष्णप्रसाद भट्टराई र विज्ञानध्वज श्रेष्ठले मनोनयन दर्ता गरेका भएपनि विज्ञानध्वज श्रेष्ठले मनोनयन फिर्ता लिएपछि कोषध्यक्षमा भट्टराई निर्विरोध भएका छन् । संघको उपाध्यक्षमा खड्गबहादुर बस्नेत, महासचिवमा पुरुषोत्तम भट्टराई, सचिवमा नारायण बहादुर थापा र सह–कोषध्यक्षमा माधव खनाल यसअघि नै निर्विरोध चयन भएका थिए । संघीय संरचनाअनुसार संघको जिल्ला कार्य–समितिका लागि पहिलो पटक सम्मेलन भएको थियो ।