डेंगु संक्रमणको भय 'ज्वरो आउनासाथ झुलमै बस्छन् बिरामी'



Download our app to get more features

पोखरा, २८ भदौ । डेंगु संक्रमणकै कारण देशभरि आधा दर्जन भन्दा बढी मानिसको मृत्यु भई सकेको छ । हजारौ मानिस यो रोगको शिकार बनेका छन् । करोडौ मानिस भयमा छन् । 

पोखराका ६५ वर्षिया (रुक माया) नाम परिवर्तन लाई १/२ दिन ज्वरो आयो । उनको रगत परिक्षण गर्दा डेंगु भेटियो । रक्त परिक्षण पछि न त उनलाई अस्पतालमा भर्ना गरियो । न त उनले हजारौ रुपैया औषधिमा खर्च गर्न प¥यो । ९० रुपैयाको औषधिले उनको समस्या समाधान हुदै गई रहेको छ । 

उनी अहिले डाक्टरले दिएको सल्लाह बमोजिम दिनको ३ देखि ४ लिटर पानी पिउछिन् । सादा पोषिलो खानेकुरा खाएर झुल भित्र नै बसेकी छन् । 

बिहीबार साँझ सम्म १ हजार २ सय ७३ जना डेंगु संक्रमित भएको गण्डकी प्रदेशका निर्देशक दिनेश बिन्दु शर्माले बताए ।  

“स्वास्थ्य महाशाखा र मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) गण्डकी प्रदेश बिचको छलफल पछि डेंगु परिक्षणको १ हजार दर तोकेका छौ । सोही अनुसार सबै ल्याबमा पत्रचार समेत गरि सकेका छौ,’ मेलान गण्डकी प्रदेशका अध्यक्ष सूर्य प्रसाद पोखरेलले भने ।
‘एनएस १ र आईजीएम आईजीजीको परिक्षणको लागि कम्बो किड हुन्छ । त्यो दुवैको १ हजार लिन हामीले पत्रचार गरेका हौ । तर कुनै कुनै ल्याबले धेरै लिएको भन्ने जनगुनासो आएकोले हामी अनुगमन गछौ ।’ उनले भने । 

पोखराका विभिन्न अस्पतालको ल्याब र रेफरल प्रयोगशालाहरुमा ९ सय देखि २ हजार सम्म लिएको पाईएको छ । 

डेंगु संक्रमणको संख्या पोखरा लगायत देशको धेरै ठाउँ बढेका पाईएको छ । स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने यो रोगको बारेमा यहाँका राष्ट्रिय एंव स्थानिय पत्रपत्रिका, टेलिभिजन, रेडियो,अनलाइन र सोसल मिडियामा राम्रै स्थान पाएको देखिन्छ । 

संसद देखि चिया पसल सम्म ‘डेंगु’ गफको विषय बनेको छ । बहालवाला प्रहरी ,मन्त्री लगायतका बिग म्यानहरु संक्रमित भए पछि झन डेंगुको चर्चा चुलिएको छ  । 

केहि दिन अघि देशका स्वास्थ्य मन्त्रीले एक कार्यक्रममा डेंगु नियन्त्रण बाहिर गयो भन्ने अभिव्यति दिएको थियो । जसको कारण झन यो चर्चाको विषय बनेको छ । 

डेंगुकै विषयमा पोखराका संचारकर्मी जमुना बर्षा शर्माले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन् 'यति बेला कास्की लगायतका अन्य ठाउँमा समेत डेंगुको संक्रमण तिब्र रुपमा फैलिएको छ ।' 

स्वास्थ्य कार्यालय भने महँगा होटलहरुमा अन्तक्रिया गर्दे बस्छ । पत्रकारहरुले दिनदिनै लेखेका छन् । बरु घर घरमा सिटामोल र रोग बाट बच्न मलम लगायतका सामाग्री वितरण गरे लाभान्वित हुने थिए । सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन डेंगुको निःशुल्क उपचार गर्न तिर लागे उपयुक्त हुने सुझाव समेत दिएकी छिन् ।

Last modified on 2019-09-15 15:01:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts