सुदूरका पहाडी जिल्लामा ‘स्क्रब टाइफस’ को संक्रमण बढ्दो, ४४ जना संक्रमित
डडेल्धुरा, २८ भदौ । ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका सातै पहाडी जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण फैलिन थालेको छ । केही सातायता देखि यहाँका अस्पतालमा चेकजाँच गर्न आउने धेरैजसो बिरामीमा स्क्रब टाइफसको लक्षण देखा पर्न थालेको छ ।
पछिल्लो १ महिनाको अवधिमा ४४ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखा परेको डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुसालले दिए । ‘देशको पुर्वीभाग तिर डेंगुले सताएको छ, यहाँ भने धमाधम स्क्रब लक्षण भएका बिरामी फेलापर्न थालेका छन’ उनले भने ‘अब त २ जना डेंगुका बिरामी समेत फेला परेका छन । सबैले सजकता अपनाउन जरुरी देखिन्छ ।’
सुदुरपश्चिम प्रदेशको ठूलो डडेल्धुरा अस्पतालमा अहिले दैनिकजसो स्क्रब टाइफसको लक्षण देखापर्ने गरेको डडेल्धुरा अस्पतालमा कार्यरत डा.जीवन खरेलले जानकारी दिए । ‘आजभोलि दैनिक जसो २ सय ५० देखि ३ सय बिरामीहरु चेकजाचँ गर्न आउँछन् ।’ उनले भने, ‘त्यसमध्ये २५ देखि ३० जनामा स्क्रब टाइफसको लक्षण देखिएको छ । परिक्षण गर्ने किट सकिएको थियो, फेरी किट मगाएर परिक्षण थाल्दैछौ’ ।
डडेल्धुरा अस्पतालमा डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुलालगायतका जिल्लाका बिरामी आउने गरेका छन् । स्क्रब टाइफस रोग संक्रमण भइ गम्भीर भएका ५ जनालाई डडेल्धुरा अस्पताले रेफर गरेको डा. खरेलले बताए ।
पछिल्लो समय प्राणधातको रुपमा फैलिएको स्क्रब टाइफस रोग मुसाबाट माइस जिवाणुले मनिसमा सार्न गरेको छ । स्कोब टाइफस रोग लागेमा ज्वोरो आउने, मांशपेशि, दुख्ने अत्यधिक टाउको दुखने, छमछमति पशिना आउने खोकी लाग्ने जस्ता लक्षण देखापर्ने डडेल्धुराका डा.उत्तम भट्ट बताउँछन् ।
स्क्रब टाइफसको प्रमुख लक्षण छलामा घाउ देखिने भएपनि बढि जसो डडेल्धुरा अस्पतालमा लामो समयदेखि टाउको दुख्ने आँखाको नानी दुख्ने सुख्खा खोकी लाग्ने ज्वरो आउने लक्षणका बिरामी आउने डडेल्धुरा अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डन्ट जितेन्द्र कँडेलले जानकारी दिए ।
व्यक्तिगत स्वास्थयमा ध्यान नदिदाँ यो रोगको संक्रमण बढने भएकाले पुरै शरिर ढाकने गरि लुगा लगाउने, खुल्ला ठांउमा सौच नगर्न र स्क्रोप टाइफसका उल्लेखित लक्षण्हरु मध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिको स्वास्थ्य संस्थामा गई डाक्टरहरुसंग परामर्स लिन उनले सुझाव दिए । अझैपनि समान्य ज्वरो भनेर वेवास्ता गरिने हुँदा दुर्गमक्षेत्र तिर रोगको संक्रमण अझ बढी भएको हुनसक्ने डडेल्धुरा अस्पतालका डा. नरेश श्रेष्ठले बताए ।
गतवर्ष यो रोगबाट जिल्लाको अजयमेरु गाउँपालिकाका एक जनाको ज्यान गएको थियो । गत वर्ष असोजको तेस्रो साता पहिलो पटक देखा परेको यो रोगको संक्रमण दुई साता नबित्दै ३३ जनामा देखा परेको थियो ।