१० औं अर्थोडेन्टिक चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन आजपनि जारी
रुपन्देही, २८ भदौ । रुपन्देहीमा सुरु भएको अर्थोडेन्टक चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन आज पनि जारी छ ।
हिजोबाट सुरु भएको सम्मेलनमा नेपाल लगायत विभिन्न देशका ओँठ तथा तालुको खुडेपना र डेन्टल सम्बन्धी विद्यावारिधी गरेका चिकित्सकहरुको सहभागीता रहेको छ ।
ओडानका सचिव डा. वर्षा थापाले नर्सीङ्ग क्षेत्रमा खुडेपना, दन्त लगायतका विषयमा के कसरी कार्य स्याहर सुसार गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक रुपमा प्रशिक्षण कार्यक्रम आन हुनेछ । आजको कार्यक्रम ुनिर्भसल मेडिकल कलेज भैरहवामा आयोजना गरिने छ ।
तिलोत्तमा–१७ कोटिहवामा रहेको टाईगर प्यालेसमा आयोजना गरिएको सम्मेलन अर्थोडोनिक्स एण्ड डेन्टो फिजीकल अर्थोपेडीक एशोसीएशन अफ नेपाल (ओडान) ले आयोजना गरेको हो ।
१० औं अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थोडेन्टिक तथा डेन्टोफिशियल अर्थोपेडिक्स चिकित्सकहरुले विशेष प्रस्तुतीकरण समेत गरेका छन् । अर्थोडोनिक्स एण्ड डेन्टो फिजीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल (ओडान) का केन्द्रीय अध्यक्ष डा. रविन्द्रमान श्रेष्ठले नेपालमा अहिले पनि ओठ तथा तालुको खुडेपना भएका व्याक्तिहरुको उपचारमा सरकारी क्षेत्रबाट ठोस कदम चाल्न नसकेको बताए ।
उनले कुनै पनि मानिस विशेष परिस्थीतिको कारण उक्त समस्याबाट गुज्रिनबाध्य हुने भन्दै हालसम्म नेपालमा गरिएका अप्रेसनहरु सबै दाताको सहयोगमा हुने गरेकोले यसमा सरकारी निकायबाट समेत थप सहयोग हुनुपर्र्ने बताए ।
ओडानका केन्द्रीय उपाध्यक्ष डा. आलोक जयसवालले राज्यबाट नीतिगत रुपमा सहयोग गर्नुपर्ने बताए । उनले खुडेपनको विषयमा बिरामीको स्यार सुसारका साथै उचित समयमा उचित शल्यक्रिया गरेमा सहज हुने गरेकोमा यस सरकारी स्तरबाट जनचेतना आवश्यक रहेको बताएका थिए ।
सम्मेलनमा भाग लिन ३५ जना भन्दा बढी बाह्य देशबाट चिकित्सकहरु आएका छन् ।
सन् २००७ मा स्थापना भएको अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)ले यस भन्दा पहिले पनि एउटा अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न गरिसकेको छ ।
नेपालमा खासगरी दन्त शास्त्रको विशेष महत्वरहेको कारण यस विषयमा राज्यको समेत ध्यानाआर्कषण गर्नको लागि समेत सम्मेलन फलदायी हुने सम्मेलन आयोजक सचिव डा. थापाले जानकारी दिईन् ।
नेपालमा हाल १ सय २० जना मात्रै अर्थोडेन्टिस चिकित्सकहरु रहेका छन् । सोही सम्मेलनमा नेपालमा विगत लामो समय देखि खुडेपना सम्बन्धी कार्य गर्दै आउनुभएका डा. शंकर राई र भारतका प्रो.डा. ओपी खरबन्दालाई समेत सम्मान गरिएको थियो ।
सम्मेलनमा नेपाल, भारत, थाईल्याण्ड, श्रीलंका, अर्थोपोटिक चिकित्सकहरु, नर्सिङ्ग स्पेसलिष्ट, प्लाष्टिक सर्जन, नर्स स्पेशसलिष्ट, ओरल मेडिसिनिक्सस, ओरल बायोलोजी, ओरल सर्जरी, प्रथोलकोडिक्सिका विषयमा कार्य पत्र प्रस्तुतीकरण, छलफल तथा अन्तक्रिया भएको छ ।