दक्षिण पुर्वी एसियामा डेंगु संक्रमितको संख्या बढ्दो, डेंगुको उच्च जोखिममा नेपालसहित १२६ देश 



Download our app to get more features

काठमाडौं, २७ भदौ । पछिल्लो समय नेपालमा प्रकोपको रुपमा फैलिरहेको डेंगुको यहाँको मात्र समस्या नभएको विज्ञहरुले बताएका छन् । हाल नेपाल लगाएत १२६ देशमा डेंगुको प्रकोप उच्च रहेको विज्ञशरुले बताएका छन् । साथै पछिल्लो केहि वर्षको तथ्यांक हेर्दा पनि दक्षिण पुर्वी एसियामा डेंगुको प्रकोपले संक्रमित हुनेको संख्या बढ्दो रुपमा रहेको पाइएको छ । 

 एम्टोमोलोजिस्ट वि एन नाक्पालले अहिले डेंगुको समस्या नेपालको मात्र नभइ अन्य १ सय २६ मुलुको समस्या रहेको बताए । युनिसेफ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनमा भएको पत्रकार सम्मेलनमा नाक्पालले दक्षिण पूर्वि एसियामा नै डे्रगुको संक्रमण बढ्दो रहेको जनाएका छन् । उनका अनुसार दक्षिण एसियमा डेंगु संक्रमित सन् २०११ मा १लाख ९३ हजार १३रहेको थियो तर सन् २०१२ मा पुग्दा यो संख्या बढेर २लाख ७४ हजार ९ सय २१ पुग्यो । त्यस्तै २०१३ मा पुग्दा डेंगु संक्रमितको संख्या ३ लाख २७ हजार ४ सय १७ पुरेको छ । तर सन् २०१४ मा पुग्दा डेंगु संक्रमितको संख्या केहि घटेको देखिन्छ । यस वर्ष संक्रमितको संख्या २ लाख ४५ हजार २ सय ८५ कायम भएको नाक्पालले बताए । 

 सन् २०१५ मा पुग्दा २०१४ तुलनामा दाव्वर डेंगुका संक्रमितहरु भेटिएका छन् । सन् २०१५ मा   ४ लाख ५१हजार४सय ४२ संक्रमित भेटिएका हुन् । सन् २०१६ र २०१७ मा भेटिएका डेंगु संक्रमितको संख्या लगभग उस्तै देखिएको छ । २०१६ मा  ४ लाख ३९ हजार ३सय ३२ र २०१७ मा ४लाख २५ हजार ५ सय ३२ जनामा डेंगुको संक्रकण भेटिएको नाक्पालले आफ्नो प्रस्तुतीमा प्रस्तुत गरेका छन् । नाक्पालले डेंगु नियन्त्रणका लागि खोज तथा नष्ट गर अभियान प्रभावकारी रहेको बताए ।


त्यस्तै विश्व स्वास्थ्य संगठन प्रतिनिधि डा. रेमतेन वाङचुतले डेंगु संक्रमण फैलिनुका धेरै कारण रहेको भन्दै यसको संक्रमणबाट बच्न सजक रहन सबैलाई आग्रह गरिन् । उनले डेंगुको संक्रमण बढ्नुका कारण जलवायु परिवर्तन मुख्य रहेको बताइन् । त्यस्तै अन्य कारणमा पानीको वितरण कम हुनु, विनायोजना शहरीकरण हुनु, उच्च जनसंखीकिय घनत्व र बसाईसराईले पनि डेंगुको संक्रमण बढ्दै गएको उनले बताइन् । 

 


 

Last modified on 2019-09-15 06:00:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts