औषधि व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा भट्टराई र न्यौपाने भिड्दै, २८ भदौमा निर्वाचन

अन्य पदमा सहमती



Download our app to get more features

रुपन्देही २७ भदौ। नेपाल औषधि व्यवसायी संघ रुपन्देही शाखाको नेतृत्वको लागि भदौ २८ गते  निर्वाचन हुने भएको छ ।औषधि बिक्रि वितरण गर्ने व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको संघको भदौं २८ गते निर्वाचन हुने भएको हो।

अधिवेशनले संघको आगामी नेतृत्व चयन गर्ने छ । त्यसका लागि निर्वाचनको तयारी भैसकेको छ । नयाँ नेतृत्व चयन गर्ने भएपछि औषधि व्यवसायीहरुलाई चुनावी माहोलले छोएको छ ।संघको आगामी नेतृत्व सर्वसम्मत बनाउनु पर्दछ भन्ने मान्यता आम औषधि व्यवसायीहरुमा रहेको भएपनि  सबै पदमा सर्वसम्मत  हुने अबस्था नदेखीएको ब्यवसायीको भनाई छ ।

संघको चुनावी मैदानमा वर्तमान कार्यसमितिका उपाध्यक्ष सुरज भट्टराई र पूर्व उपाध्यक्ष जवहारलाल न्यौपानेले अध्यक्षमा प्रतिष्पर्धा गर्ने भएका छन ।दुवै जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणासहित आन्तरिक रुपमा चुनावी प्रचार प्रसारमा गरेका छन् । 


दुबै अध्यक्षले आफ्नो उम्मेदवारी व्यवसायीक हक हितका लागि वताएका छन । वर्तमान कार्यसमितिका उपाध्यक्ष सुरज भट्टराई र पूर्व उपाध्यक्ष जवहारलाल न्यौपाने दुबै अध्यक्षमा मात्र प्रतिस्पर्धा हुने संभाबना रहेको बताए । न्यौपानेले सबै पदमा निबिरोध हुने अबस्था छ कोषाध्यक्षमा पनि  छलफल भैरहेको छ । अध्यक्षमा  मात्र निर्बाचन हुने न्यौपानेको भनाई छ । 


 न्यौपाने भन्दछन राजनितिक भन्दा  नेपाल औषधि व्यवसायी संघ को हकहितको लागी उम्मेदवार दिएको बताए ।आफ्नो संघमा लामो समयसम्मको सहभागिता र योगदानका आधारमा अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरि प्रचारमा लागेको र सदस्यबाट उपाध्यक्षसम्मको जिम्मेवारी वहन गरेकोले अध्यक्षको नेतृत्व स्वभाबिक भएको बताए । 


 उता वर्तमान कार्यसमितिका उपाध्यक्ष भट्टराइले भने संघमा नेतृत्व विकास गर्दै जिम्मेवारी लिने परम्परा अनुसार आफु अध्यक्ष पदमा उठ्ने र जिल्ला गठनको जिरो संरचनालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दछन् । ब्यबसायीको सुरक्षा, संरक्षण,किल्नीक दर्ता, ब्यबसायीहरुलाई तालिम र अनुगमनका नाममा हुने  असहज अबस्थालाई सहज बनाउने र ब्यबसायीक मैत्री संघ बनाउने आफनो एजेन्डा रहेको भट्टराईको भनाई छ ।


अञ्चल शाखाबाट जिल्ला शाखा बन्दै गरेको अवस्थामा हुन लागेको चुनावमा ५ सय २० मतदाता कायम भएको  औषधी ब्यबसयी संघले  रुपन्देहीले जनाएको छ ।निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, उपकोषाध्यक्षसहित खुल्ला सदस्य ३ गरि ९ सदस्यिय समिति निर्वाचित हुने छ ।समितिको कार्यकाल ३ बर्षको हुने छ ।


मुलुक संघीय संरचनामा गएपछि औषधी व्यवसायी संघले पनि आफ्नो पुरानो ढाचामा परिर्वतन गरि नयाँ स्वरुप तयार गरिएको हो । विधान संशोधन गरि परिर्वतन गरिएको ढाचा अनुसार नया नेतृत्व चयन हुने संघले जनाएको छ । जस अनुसार यस अघि कायम रहेको अञ्चलगत स्वरुपलाई हटाएर जिल्ला र प्रदेश संघ गठन हुने प्रावधान रहेको छ । 


करिव ४२ वर्षअघि काठमाडौंमा संघको स्थापना भएको इतिहास छ । त्यसपछि अञ्चल शाखाहरु गठन भएका हुन । त्यसैगरि विभिन्न उपशाखा कार्यालय पनि विस्तार गरिएको छ । नेपालमा बार्षिक रुपमा करिव ५० अर्बभन्दा बढीको औषधिको कारोबार हुने गरेको अनुमान छ ।

Last modified on 2019-09-14 08:30:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts