गरीब जनताको स्वास्थ्य बीमाको रकम राज्यले तिर्छः स्वास्थ्य मन्त्री यादव 



Download our app to get more features

रुपन्देही, २७ भादै । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा वापतको रकम गरीब जनताले तिर्न नसके राज्यले नै तिर्ने बताएका छन् । मन्त्री यादवले  रुपन्देहीको मझगावा हेल्थपोष्टको भबनको उद्घाटन समारोहमा बोल्दै ७७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने र स्वास्थ्य बीमाका रकम तिर्न नसक्ने गरीब जनताको पैसा राज्यले नै तिर्ने नीति सरकारको रहेको जानकारी दिएका हुन् । साथै मन्त्री यादबले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बीमा  पनि छिट्टै सुरु हुने बताए ।

शहरी विकास तथा भवन निर्माण मन्त्रालयलको २ करोड २९ लाखको लगातमा उक्त भवनको निमार्ण सम्पन्न भएको हो । मन्त्री यादवले सरकाको ध्यान स्वस्थ्य नागरिक बनाउने तर्फ रहेको भन्दै  प्रत्येक वडामा हेल्थपोष्ट बनाउने काम सुरु भइसकेको बताए ।

मन्त्री यादबले प्राथामिक स्वास्थ्य केन्द्रलाई स्तर बृद्धि गरि १५ शैयाको अस्पताल बनाउने काम सुरु भैसकेको बताए । मन्त्री यादबले जिल्ला स्तरमा विशेषज्ञ सेवा सहितको सुविधा सम्पन्न अस्पताल बनाइने बताउदै प्रत्येक प्रदेशमा मेडिकल कलेज र विशेषज्ञ सेवा सहितको आधुनिक सुविधा सम्पन्न अस्पताल बनाउने कामको थालनी भएको बताए । साथै मन्त्री यादवले देशभरमा ५ सय ५१स्वास्थ्य चौकी, २ सय ५५ को हाराहारीमा अस्पताल समेत निर्माण भइरहेको बताए । 

भवन उद्घाटनमा पूर्व संसद ओमप्रकाश यादव  प्रदेश सभाषद सभाषद सन्तोष पाण्डे तथा कोटहीमाई गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले मर्चवारमा रहेको स्वास्थ्य क्षेत्रका समस्याहरु समाधानको लागि मन्त्री यादवसँग आग्रह गरेका थिए । 
 

Last modified on 2019-09-14 08:29:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts