कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा अस्पताल सुधारका लागी बजेट विनियोजन

डडेल्धुरा, २७ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताल सुधारका लागि बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा अस्पताल सुधारका लागि १० लाख रुपैयाँ विनियोजन गरीएको नगरपालिकाले जनाएको छ ।
नगरपालीकाका नगरप्रमुख सुरेन्द्र विष्टले लामो समयदेखि चिकित्सकविहीन अवस्थामा रहेको महाकाली अस्पताल सुधारका लागि नगरपालिकाले बजेट विनियोजन गरेको बताएका छन । पूर्वाधार, उपकरणका साथै सामाजिक सेवा विस्तारका लागि बजेट विनियोजन गरेको उनले बताए ।
चालू आर्थिक वर्षमै भीमदत्त नगरपालिकाले ब्लड बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरलाई समेत तीन लाख रुपैयाँ विनियोजन गरेको छ । बिरामीको अवस्था र रगत अभावका कारण कुनै पनि नागरिकले मृत्युवरण गर्नुपर्ने बाध्यता नहोस् भनेर ब्लड बैंकका लागि बजेट विनियोजन गरिएको मेयर विष्टले बताए । अघिल्लो वर्ष पनि भीमदत्त नगरपालिकाले ब्लड बैंकका लागि रकम दिएको थियो ।