कैलालीमा स्क्रब टाइफसका कारण एक जनाको मृत्यु



Download our app to get more features

डडेल्धुरा, २७ भदौ । कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

ज्वरो आएर उपचारका लागी कैलालीको धनगढी स्थीत मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको बिहीवार अपरान्ह करिब ४ बजे मृत्यु भएको हो । यसअघि चितवनमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो ।

भदौ २१ गते अस्पताल भर्ना भएका उनको आईसीयूमा उपचार भइरहेको बेला बिहीबार मृत्यु भएको अस्पतालका डा. मोहन भट्टराईले बताए । 

मुसा जातीमा पाइने एक प्रकारको परजीवी सुल्सुले किरामा यो रोगको किटाणु हुने र उक्त किराले मानिसलाई टोकेमा स्क्रव टाइफसको संक्रमण हुने चिकित्सकले बताएका छन् ।

किराले टोकेको ठाउँमा घाउ हुनु, शरीरमा बिमिरा देखिनु, अत्यधिक ज्वरो आउनु, शरीरका विभिन्न भाग दुख्नु यस रोगका लक्षण हुन् । समयमै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुने र शंका लाग्नेबित्तिकै अस्पताल जान डा. भट्टराईले सुझाव दिएका छन् ।

Last modified on 2019-09-14 08:28:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts