डेंगुका कारण विराटनगरमा एक किशोरको मृत्यु, घरमै राखे औषधि खुवाउँदा ज्यान गयो



Download our app to get more features

काठमाडौं, २७ भदौ । डेंगु संक्रमणका कारण विराटनगरमा एक किशोरको ज्यान गएको छ । 

विरानटनगर–१० का १८ वर्षीय अभिनाश शर्माको बुधवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले पुष्टि गरेको छ । स्थानीय शिक्षादीप कलेजमा अध्ययनरत शर्मालाई तीव्र ज्वरो आएपछि गत २० गते अस्पताल भर्ना गरिएको थियो । उनलाई स्पतकोशी नर्सिङ होममा भर्ना गरिएको थियो । परीक्षणका क्रममा डेंगु भएको पुष्टि भएपछि उनलाई घरमै राखे औषधि खुवाइएको थियो ।

तर, उनलाई पुनः ज्वरो बढेपछि स्थानीय गोल्डेन अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । डेंगुका कारण विराटनगरमा ज्यान गुमाउने शर्मा पहिलो हुन् ।

डेंगुको संक्रमण देशैभर महामारीका रुपमा फैलिएको छ । डेंगु नियन्त्रणका लागि सरकारले चालेका कदमहरु निश्प्रभावी भएको आलोचना भइरहँदा मृत्यु हुनेको संख्या थपिएको हो । 

Last modified on 2019-09-14 08:26:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts