दाङमा पनि डेंगु संक्रमण, प्रदेश सरकारले बजेट नदिँदा नियन्त्रण गर्न कठिनाई



Download our app to get more features

दाङ, २६ भदौ । देशैभर डेंगुको संक्रमण बढ्दै गएको बेला दाङमा पनि डेंगुका बिरामीहरु फेला परेका छन् ।

दाङका प्रमुख शहरहरु घोराही र तुलसीपुर क्षेत्रमा १९ जना डेंगु संक्रमण भेटिएको छ । बिरामीको संख्या बढ्न सक्ने स्वास्थ्य कार्यालय दाङका कार्यक्रम फोकल पर्शन कमल चन्दको भनाइ छ । उनले डेंगु रोग नियन्त्रण गर्न प्रदेश सरकारबाट कुनै पनि बजेट प्राप्त नहुँदा समस्या भएको बताए । 

डेंगु रोगका बिरामीहरु दिनप्रतिदिन बढ्दै गएपछि स्थानीय निकायका जनप्रतिनिधीहरु रोग नियन्त्रण गर्न विभिन्न योजनाहरु संचालन गर्न थालेका छन् । 

तुलसीपुर, घोराही उपमहानगरपालिका लगाएत गाउँपालिकाहरुले समेत स्थानिय संचार माध्यममा सार्वजनिक सुचना जारी गरेका छन् भने घर वरपर टोल र गाउँहरुमा सरसफाई अभियान समेत संचालन गर्न थालिएको छ । 

डेंगुका बिरामीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफ केयर हस्पिटल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । 

बिरामीमा केही जटिल समस्या देखा परेपछि राप्ती लाइफ केयर हस्पिटलले ३ जनालाई काठमाडौँ रिफर गरेको उपचारमा सम्लग्न डाक्टर ज्ञानेन्द्र पाण्डेयले बताए ।

Last modified on 2019-09-12 10:49:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts