स्वास्थ्य व्यवसायी परिषदको अपिल: सहमति पत्र लिएर मात्रै भर्ना गराउनू

काठमाडौं, २६ भदौ । स्वास्थ्य व्यवसायी परिषदले परिषदबाट भर्ना सहमति पत्र लिएर मात्र भर्ना गर्न शिक्षण संस्थालाई आग्रह गरेको छ ।
परिषदले सूचना जारी गर्दै परिषदसँग सम्बन्धीत विषय अध्ययन गराउने सबै शिक्षण संस्थाहरुले परिषदबाट भर्ना सहमति पत्र लिएर विद्यार्थी भर्ना गर्न भनेको छ ।
परिषदले निर्धारण गरेको न्यूनतम मापदण्ड अनुसार सहमति नलिई विद्यार्थी भर्ना गरिएमा त्यसको जिम्मेवार परिषद नहुने पनि जनाएको छ ।
परिषदबाट पूर्व सहमति नलिई विद्यार्थी भर्ना गर्दा विद्यार्थीको नाम परिषदमा दर्ता नहुने हुँदा पछि विद्यार्थीलाई समस्या हुने हुँदा त्यसको जिम्मेवारी सम्बन्धीत शिक्षण संस्था र विश्वविद्यालयले नै लिनुपर्ने जनाएको छ ।
साथै, भर्ना हुन अघि शिक्षण संस्थाले परिषदबाट सहमति लिएको छ छैन भन्ने बुझेर मात्रै भर्ना हुन पनि विद्यार्थीलाई आग्रह गरेको छ ।