नेत्रज्योति संघ प्रदेश पाँचको सभापतिमा राणा



Download our app to get more features

रुपन्देही, २६ भदौ । नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको सभापतिमा रुपन्देहीका सागरप्रताप राणा सर्वसम्मत चयन भएका छन् । 

संघको गुल्मीमा भएको प्रथम अधिवेशनले राणालाई सभापतिमा चयन गरेको हो ।

अधिवेशन व्यवस्थापन समितिका सदस्य पदम पाण्डेका अनुसार उपसभापतिमा बाँके शाखाका रमेशबहादुर शाह निर्वाचित भएका छन् । सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी, कोषाध्यक्ष दाङ शाखाका लिला शाह निर्वाचित भएका छन् । 

अधिवेशनले सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य, गुल्मीबाट शेरबहादुर थापा, वर्दियाबाट लोकमणि आचार्य, अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल, प्युठानबाट डाक्टर आनन्दकुमार श्रेष्ठ र कपिलवस्तुबाट राजेशकुमार उपाध्याय सहित ९ सदस्य प्रदेश कार्य समिति गठन गरेको छ ।

कार्य समितिको कार्यअवधि २ वर्षको रहने छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts