केन्द्रिय आयुर्वेद अस्पताल नरदेवीमा नयाँ शल्यक्रिया कक्ष

आयुर्वेदिक उपचार पद्धतीलाई भरपर्दो र विश्वसनीय बनाउन सरकारले सहयोग गर्ने

What's This?


Download our app to get more features

काठमाडौं, २५ भदौ । केन्द्रिय आयुर्वेद अस्पताल नरदेवीमा नयाँ शल्यक्रिया कक्ष सञ्चालनमा आएको छ । 

अस्पतालले बुधबारबाट अकुपञ्चर, मोक्सिव्युसन तथा मर्म चिकित्सा सेवाको पनि विस्तार गरेको छ ।

स्वास्थ्य सचिव खगराज बरालले नयाँ कक्षको उद्घाटन गर्दै आयुर्वेदिक उपचार पद्धतीलाई भरपर्दो र विश्वसनीय संस्थाको रुपमा यस अस्पताललाई विकास गर्नुपर्ने बताए । 

उनले राजधानीमा रहेको आयुर्वेद तर्फको केन्द्रीय अस्पताल नमूनाको रुपमा विकसित हुनुपर्ने भन्दै त्यसका लागि मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

 अस्पतालका निर्देशक डा. प्रदीप केसीले पायल्स तथा फिस्टुलाका बिरामीहरुका लागि क्षारसुत्र विधिबाट गरिने शल्यक्रियाका लागि यो नयाँ कक्ष तयार पारिएको बताए ।

अस्पतालले नियमित सेवामा थप सेवाहरुको रुपमा अकुपंचर, मोक्सिव्युसन तथा मर्म चिकित्सा सेवा विस्तार गरेको उनले जानकारी पनि दिए ।
उनले अस्पताल सुधारका लागि मन्त्रालयले छुट्याउने बजेट निकै कम भएको भन्दै यसमा पुनरावलोकन गर्न सचिव समक्ष आग्रह गरेका थिए ।
 

Last modified on 2019-09-12 08:11:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts