टेकु अस्पतालबाट पाँच महिनामा १२९ जनाको डेंगु उपचार

काठमाडौं, २४ भदौ । डेंगु संक्रमणका कारण जनजीवन त्रसित बनिरहेको छ । डेंगु लागेपछि ठिक नै हुँदैन कि भन्ने त्रास धेरैमा फैलिरहेको छ । तर डेंगु उपचार नै नहुने रोग होइन ।
सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार बैशाखयता एक सय २९ जना डेंगु संक्रमित उपचार गरेर फर्किसकेका छन् । यस्तै २३ जना डेंगु सक्रितिको अस्पतालमै राखेर उपचार भइरहेको छ ।
देशको एक मात्र सरुवा रोग अस्पताल सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक चार सयको हाराहारीमा डेंगु परीक्षण गराउन बिरामी आउने गर्छन् । यद्यपि, परीक्षण गराउन आउने सबैमा डेंगु पोजेटिभ भने हुँदैन ।
यो अस्पतालमा डेंगुकै कारण हालसम्म कसैको मृत्यु भएको छैन । तर, देशभर हालसम्म डेंगुका कारण ६ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
एकै दिन पौने दुई सयको डेंगु परीक्षण
अस्पतालका अनुसार १५ भदौमा मात्रै एक सय ७९ जनाको डेंगु परीक्षण भएको थियो । त्यसमध्ये ७५ जनामा डेंगु प्रमाणित भएको थियो । यस्तै १६ भदौसम्ममा एक सय ५० जनामा डेंगु परीक्षण गरिएकोमा ८४ जनामा प्रमाणित भएको अस्पतालले जनाएको छ ।
अस्पतालको दैनिक तथ्यांकलाई हेर्ने हो भने दिन प्रतिदिन परीक्षण गराउने बिरामी संख्या र डेंगु भएको प्रमाणित भएको संख्या बढ्दोछ । २२ भदौ आइतवार तीन सय ६३ जनामा गरिएको परीक्षणले एक सय ९४ जनामा डेंगु फेला परेको थियो ।
टेकु अस्पतालमा एक सातामा डेंगु परीक्षण गर्न आएका बिरामी तथ्यांक
१५ भदौ - परीक्षण १७९ - डेंगु प्रमाणित ७९
१६ भदौ -परीक्षण १५० -प्रमाणित ८४
१७ भदौ -परीक्षण २०१ - प्रमाणित ७६
१८ भदौ -परीक्षण २७१ -प््रमाणित १७६
१९ भदौ -परीक्षण १४७ -प्रमाणित १११
२० भदौ -परीक्षण ३७२ -प्रमाणित १७५
२१ भदौ -परीक्षण २९६ -प्रमाणित १४४
२२ भदौ -परीक्षण ३६३ -प्रमाणित १९४