एसिड आक्रमणमा परेकी खातुनलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. यादव अस्पतालमा

काठमाडौं, २४ भदौ । एसिड आक्रमणमा घाइते भई उपचारमा रहेकी मुस्कान खातुनलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले भेटेका छन् । किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी खातुनको स्वास्थ्य अवस्था बुझ्न मन्त्री यादव अस्पताल पुगेका हुन् । खातुन हाल खतरा मुक्त रहेकी छन् । उनी गत शुक्रवार विरगन्जमा एसिड आक्रमणमा परेकि थिइन् ।
खतुनलाई भेट्न पुगेका समाजबादी पार्टीका सघिय सासद मा।प्रदिप यादवले एसिड आक्रमणबाट घाइते किशोरीको उपचारका लागि रु।पचास हजार दिएका छन् । प्रदेश २का मुख्य मन्त्री लालबाबु रावत ले रु।पाच लाख दिने निर्णय गरेका छन् ।
घाइते मुस्कानको उपचारमा कुनै कमि हुन नदिन केन्द्र सरकार र प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराइएकोे छ।