विश्व आत्महत्या रोकथाम दिवस

विश्वमा आत्महत्याको दर बढ्दो, दैनिक १६ जनाले गर्छन् आत्महत्या 



Download our app to get more features

काठमाडौ, २४ भदौ । पछिल्लो समय विश्वभर नै आत्महत्याका घटना बढि रहेका छन् । विगत ४५ वर्षमा विश्वमा आत्महत्याको दर ६० प्रतिशतले बृद्धि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको छ । ती मध्ये १५ देखि ४४ वर्ष उमेर समुहमा मृत्युको प्रमुख तीन कारणमध्ये आत्महत्या पर्छ । 

आत्महत्याको उमेर अनुसारको तथ्यांक हेर्ने हो भने १५\४४ उमेरसमुहका ५५ प्रतिशत र ४५ वा सो भन्दामाथि उमेर समुह४५ प्रतिशत रहेको छ । त्यस्तै गरी भौगोलिक क्षेत्र अनुसार हेर्दा विश्वमा हुने आत्महत्यामध्ये झण्डै ३९ प्रतिशत दक्षिण पूवी एसियामा हुने गर्दछ । 

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार पनि नेपालमा आत्महत्याका घटना बढेको देखिन्छ । विश्वमा मृत्युको २० प्रमुख कारण मध्येमा आत्माहत्या पनि एउटा कारण हो । नेपालमा सन् २००८ /२००९ मा गरेको अनुसन्धानले १६ देखि ४९ वर्षका प्रजनन उमेर समुहका महिलाहरुमा आत्महत्या मृत्युको प्रमुख कारण देखिएको थियो । 

नेपाल प्रहरीको आर्थिक वर्ष २०६१ /६२ देखि २०७१ ७२ सम्म २९ हजार ९ सय ९ जनाले आत्महत्या गरेको पाइन्छ । आत्महत्याको आ.व. २०७३/ ७४ मा ५ हजार एक सय २४ , ०७४ /७५ मा ५ हजार ३ सय ४६ र ०७५ /७६ मा ५ हजार ७ सय ५४ व्यक्तिले आत्महत्या गरेको तथ्य सार्वजनिक भएको छ । जस अनुसार एक दिनमा लगभग १४ देखि १६ जना मानिसको मृत्यु आत्महत्याको कारण भैरहेको छ । 

आत्महत्या गर्ने ९० प्रतिशतमा मानसिक रोग भएको तथ्य अनुसन्धानले देखाएको छ । मानसिक रोगमा सबैभन्दा प्रमुख कारण डिप्रेसन हो । पहिले पनि आत्महत्याको प्रयास गरेको मानिसल आत्महत्या दोर्याउने सम्भावना सामान्य भन्दा धेरै हुने नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फडिन्द्र प्रसाद बरालले बताए । 

विश्वव्यापी कुरा गर्दा एक वर्षमा ८ लाख मानिसले आत्महत्याबाट ज्यान गुमाइरहेका छन् । नेपाल आत्महत्या गर्ने देशमध्ये ७ औ स्थान पर्छ भने महिलाले आत्महत्या गर्ने देशमध्ये तेस्रो स्थान पर्छ । 

Last modified on 2019-09-11 09:35:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts