गण्डकी प्रदेशका सांसद दवाडीलाई पनि डेंगु



Download our app to get more features

गोरखा, २४ भदौ । गोरखा क्षेत्र नम्वर २ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीमा डेंगुको संक्रमण देखिएको छ ।

ज्वोरोको कारण विगत तीन दिनदेखि काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत सांसद दवाडीलाई डेंगु देखिएको पारिवारीक स्रोतले जनाएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा डेंगुको उच्च जोखिममा छ । कास्कीसँगै स्याङ्जा, तनहुँ, पर्वत, म्याग्दी लगायतका जिल्लामा पनि यसको संक्रमण रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

अहिले दिनमा ७० देखि ८० जनाको दरले बिरामी बढेका छन् । प्रदेशभरी करिब एक हजार जनामा यसको संक्रमण भइसकेको स्वास्थ्य निर्देशनालयका यम बरालले जानकारी दिए । 

गण्डकी प्रदेशको ११ जिल्ला मध्ये मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा यसको संक्रमण रहेको आशंका गरिएको छ । गाडीका थोत्रा टायर, कवाडी सामानको संकलन केन्द्र, पानी जम्ने खाल्डा, घर वरपरका झाडीका कारण डेंगु सार्ने लामखुट्टे फैलिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts