रुपन्देहीमा पहिलो पटक मेशिनबाट प्राकृतिक चिकित्सा उपचार शुरु



Download our app to get more features

रुपन्देही, २४ भदौ । रुपन्देहीको बुटवलस्थित ढवाहमा सञ्चालित गुराँस अस्पतालले पहिलो पटक मेशीनको प्रयोगबाट स्वास्थ्य सेवा दिन थालेको छ । 

प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार गराउँदै आएको अस्पतालले काठमाडांै बाहिर बुटवलमा पहिलो मेशीनबाट प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार शुरु गरेको छ । गत २०७५ वैशाकदेखि सञ्चालित गुराँस अस्पतालले पहिलो पटक शरीर वजन चालचलन मेशीनबाट स्वाथ्यसेवा शुरु गरेको हो ।

विश्व फिजियोथेरापी दिवसको पूर्व सन्ध्यामा नयाँ मेशीनबाट स्वास्थ्य सेवा शुभारम्भ गरिएको अस्पतालका अध्यक्ष सरस्वती भुसाल पन्थीले जानकारी दिइन् । 
प्राकृतिक चिकित्सा पद्वतिमा बुटवलबाट पहिलो पटक सेवा शुभारम्भ गरिएको मेशीनको वयोवृद्व ९३ वर्षिया मोतिकला कार्मीले उद्घाटन गरेकी हुन् । 

दैनिक ४० देखि ५० जना विरामकिो उपचार गर्दै आएको अस्पतालले एक वर्षको अवधीमा ३१सय ७४ जनालाई बहिरंग सेवा र १२ सय ६९ जनालाई अन्तरंग सेवा गरिएको अस्पतालका निर्देशक नारायण भुसालले जानकारी गराए ।  

अस्पतालमा आएका ८० प्रतिशत बिरामीहरुलाई निको बनाएर पठाइएको डाक्टर सुजन कण्डेलले बताएका छन् । अस्पताले अर्गानिक तरकारी तथा फलफुल उत्पादनका लागि अर्घंखांचीको सितगंगा नगरपालिका वडा नम्बर २ नगरपालिका शूवर्णखालमा १ सय ७८ रोपनी जग्गा खरिद गरेको छ ।

बिरामीहरुलाई अर्गानिक तरकारी र फलफुल खुवाउनका लागि तरकारी तथा फलफुल उत्पादनमा लागिएको कार्यकारी निर्देशक भुसालले बताए । एक कट्ठा जग्गामा ५ तला लिफ्टसहितको रिह्याविलिटेशन तथा अन्तरंग भवन निर्माण गरिंदै छ । अस्पतालको ओपीडीमा ७० र अन्तरंगमा ३० जनाको क्षमता अस्पतालको रहेको भुसालले बताए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts