नक्कली डाक्टर होशियार !!!

१७ हजार डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सुरु

What's This?


Download our app to get more features

फागुन २७, काठमाण्डौं । नक्कली डाक्टर भेटिने क्रम बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले केन्द्रीय अनुुसन्धान ब्यूरो र उच्च माध्यमिक शिक्षा परिषद्को समन्वयमा  मुलुकभरका सबै डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सुरु गरेको छ । 
यसअघि भएका छानवीनका क्रममा धेरै चिकित्सकले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको पाइएको थियो । नक्कली चिकित्सकको विगविगी बढेपछि आमसर्वसाधारणको चिकित्सक माथि विश्वास घट्ने भन्दै काउन्सिलले यस्तो कदम चालेको मेडिकल काउन्सिलका रजिष्ट्रार डाक्टर दिलीप शर्माले जानकारी दिनुभयो । 

भिडियो हेर्नुहोस् 

छ महिना भित्र सिध्याउने लक्ष्य राखिएको यस अभियानलाई अपरेशन क्वाक नाम दिइएको छ । काउन्सिल अन्तर्गत करिब १७ हजार चिकित्सक दर्ता भएका छन् । अधिकांश चिकित्सकको प्रमाणपत्र तहको प्रमाणपत्रमा समस्या देखिएको काउन्सिलको भनाई छ । 

 
 

Last modified on 2016-03-10 16:44:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts